Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeसमाचार२ बालिका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा स्कुलका प्रिन्सिपल पक्राउ

२ बालिका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा स्कुलका प्रिन्सिपल पक्राउ

ओखलढुंगा, २०७८ असार २६ गते
दुई जना १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका ३० वर्षीय करण राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments