Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeसमाचारलागुऔषध मुद्धाका फरार प्रतिबादी पक्राउ

लागुऔषध मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, २०७८ असार २६ गते
सम्मानित सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी-३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन ।

फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो पक्राउ गरेको हो । पक्राउ परेका लक्ष्मणलाइ सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा उनि फरार रहदै आएका थिए ।

यसै गरी पक्राउ परेका अर्का बिकाशलाई पनि सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनि पनि फरार रहदै आएका थिए । फरार पश्चात पक्राउ परेका दुबै जनालाइ सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाईएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments