Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeसमाचारधारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

मोरङ, २०७८ असार २६ गते
बिराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा शुक्रबार राति साजनले चक्कु प्रहार गर्दा भोला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भोलाको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments