Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeटेक र ग्याजेटकैलालीमा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

कैलालीमा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

कैलाली, २०७८ असार ३ गते
आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लम्की चुहा नगरपालिका-२ बघनिया बस्ने उनकै ५१ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिका आफ्नै घरमा गत जेठ २७ गते दिउँसो मृत अवस्थामा फेला परेको घटनाको ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा मृतकको बुवाले आफ्नै भैसी गोठमा लगि जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको खुल्न आएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको ।

उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments