Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeअन्तर्राष्ट्रियकाबुलमा विस्फोट, ५ व्यक्तिको मृत्यु

काबुलमा विस्फोट, ५ व्यक्तिको मृत्यु

काबुल, २०७८ जेठ २९ गते
अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालको नजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments