Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeखेलकुदचिनियाँ ताइपे विरुद्धको खेलमा नेपालको जित

चिनियाँ ताइपे विरुद्धको खेलमा नेपालको जित

काठमाडौँ, २०७८ जेठ २१ गते
विश्वकप २०२२ र एशियन कप २०२३, छनोटको लागी बिहीबार कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा चिनियाँ ताइपेलाई नेपालले २-० ले हराएको छ । खेलको चौथो मिनेटमा पाएको पेनाल्टी मौकामा अन्जन विस्टले पहिलो गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। खेलको अधिकांश समय नेपालको नियन्त्रणमा थियो र खेलमा बलको उच्च कब्जा रहेको थियो।

खेलको ६९औं मिनेटमा सुनील बललाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले खेलको ८१औ मिनेटमा सुमन अर्यालको पासमा दोश्रो गोल गरेका थिए।

प्रशिक्षक अल्मुतैरीले पनि जीतलाई सबै नेपाली जनता र उनको जन्म देश कुवेतलाई समर्पित गर्दै भने : एएफसी एशियाली कप क्वालिफायरका लागि योग्य हुने महत्वाकांक्षाका लागि खेल जित्नु महत्वपूर्ण थियो । “अंजनको प्रारम्भिक गोलले हामीलाई खेल नियन्त्रण गर्न मद्दत पुर्‍यायो। यो खेलाडीहरू र टिमका सबै कोचिंग स्टाफको कडा परिश्रमको परिणाम हो,”।

उनले कुरा थप्दै दर्शकहरुलाई धैर्य भैदिन बिन्ती गरेका छन । “यो केवल सुरूवात हो, हामीसँग दुई खेलहरू बाँकी छन्।” नेपालले आउदो ०७ जुनमा जोर्डनको बिरूद्ध खेल खेल्ने छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments