Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeखेलकुदस्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

टोकियो, २०७८ जेठ ७ गते
जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिनुभएको हो ।

अघिल्लो बर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक बर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक बर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो । प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलिया ओलम्पिक कमिटिका अध्यक्ष समेत रहनु भएका कोट्सले भर्चुअल माध्यम मार्फत अष्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढीरहेको जानकारी दिनुभयो । प्रतियोगिताका आयोजकहरु मध्येका सरोकारवालाहरुसँग भएको तीन दिने बैठकपछि उहाँले स्वास्थ्य विज्ञहरुको सल्लाह अनुसार तयारीका कामहरु भइरहेको बताउनुभयो । त्यसैगरी विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उहाँको भनाइ छ । -रासस / एपी

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments