Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeखेलकुदनेपाल राष्ट्रिय फुटसल टीमको प्रमुख प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

नेपाल राष्ट्रिय फुटसल टीमको प्रमुख प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

काठमाडौँ, २०७८ वैशाख १५ गते
नेपाल राष्ट्रिय फुटसल टीमको प्रमुख कोचका रुपमा गौरव बस्नेत ६ महिनाको कार्यकालका लागि नियुक्त भएका छन्। मंगलवार एक औपचारिक कार्यक्रमका विच अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमण तुलाधरले बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।

बस्नेतलाई एन्फाको फुटसल समितिले उक्त पदका लागि सिफारिस गरेको थियो। यसभन्दा पहिले राष्ट्रिय फुटसल टीमको सहायक कोचको रूपमा उनले काम गरिसकेका छन। उनले ए.एफ.सी / एन्फा ‘ए’ लाइसेन्स कोर्स पनि पूरा गरिसकेका छन्।

“यो जिम्मेवारी पाउँदा म खुसी छु र मेरो प्राथमिक उद्देश्य नेपाली फुटसलको स्तरमा सुधार गर्नु हुनेछ,” बस्नेतले आफ्नो नियुक्ति पछि भनेका थिए । बस्नेत २०२२ ए.एफ.सी फुटसल एशियाली कप क्वालिफायरमा अक्टूबरमा टिमको पदभार लिनेछन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments