Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeखेलकुदमकवानपुर जिल्ला विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

मकवानपुर जिल्ला विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

मकवानपुर, २०७८ बैशाख ०३ गते
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ मकवानपुरको प्राविधिक सहयोगमा ३ दिने विद्यालय स्तरीय व्याडमिन्टन प्रतियाेगिताको सामुदायिक सेवा केन्द्र मकवानपुरको कवर्डहलमा हेटौडा उप महानगरपालिकाका प्रमुख हरिबहादुर महत, साथमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा उद्घाटन गर्नु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक विज्ञप्ति जारी गर्दै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बैशाख ३ गतेबाट ५ गते सम्म मकवानपुर जिल्लाका विद्यालयहरू बीच व्याडमिन्टन प्रतियोगिता संचालन गर्न लागिएकाे प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मिरा चाैधरीले जानकारी दिनुभएको थियो ।

कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ बिधामा संचालन गरीने छ । १२ बर्ष मुनि उमेर समुहका लागि महिला र पुरुषको सिंगल तथा १२ बर्ष माथीको उमेर समुहमा महिला र पुरुषको सिंगल तथा पुरुष तर्फको डबल्स बिधामा प्रतियोगिता संचालन हुने छ ।

प्रतियाेगितामा १२ बर्ष उमेर मुनि समुहका लागि महिला र पुरुषको सिंगलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने १२ बर्ष माथि उमेर समुहका लागि महिला र पुरुषको सिंगलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार बराबरको पुरस्कार प्राप्त गर्ने छन् त्यसै गरी पुरूष डबलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले समेत क्रमशः १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments