Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeखेलकुदबागमती प्रदेश प्रहरीले बिद्यालय स्तरीय व्याडमिन्टन प्रतियाेगिता संचालन गर्ने (विज्ञप्ति सहित)

बागमती प्रदेश प्रहरीले बिद्यालय स्तरीय व्याडमिन्टन प्रतियाेगिता संचालन गर्ने (विज्ञप्ति सहित)

मकवानपुर, २०७७ बैशाख ०२ गते
बैशाख ३ गते शुक्रबारबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा विद्यालय स्तरीय व्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ। समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बैशाख ३ गतेबाट ५ गते सम्म मकवानपुर जिल्लाका विद्यालयहरू बीच व्याडमिन्टन प्रतियोगिता संचालन गर्न लागिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मिरा चाैधरीले जानकारी दिनु भएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गतको प्रमुख साझेदार निकाय बिद्यालय समेत भएकाले बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी मकवानपुरमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएकाे छ ।खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता संचालन गर्न लागिएको प्रवक्ता चौधरीले बताउनु भएको छ ।

प्रतियोगितामा मकवानपुर जिल्ला अन्तर्गतको बिभिन्न सामुदायीक एवम् निजी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीतामा रहने छ । तीन दिन सम्म संचालन हुने प्रतियोगिताको प्राविधीक सहयोग जिल्ला ब्याटमिन्टन संघ मकवानपुरले गर्ने भएकाे छ ।

कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ बिधामा संचालन गरीने छ । १२ बर्ष मुनि उमेर समुहका लागि महिला र पुरुषको सिंगल तथा १२ बर्ष माथीको उमेर समुहमा महिला र पुरुषको सिंगल तथा पुरुष तर्फको डबल्स बिधामा प्रतियोगिता संचालन हुने छ ।

प्रतियाेगितामा १२ बर्ष उमेर मुनि समुहका लागि महिला र पुरुषको सिंगलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने १२ बर्ष माथि उमेर समुहका लागि महिला र पुरुषको सिंगलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार बराबरको पुरस्कार प्राप्त गर्ने छन् त्यसै गरी पुरूष डबलमा प्रथम, द्वतीय र तृतीय स्थान प्राप्त गर्नेले समेत क्रमशः १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् ।

हेटाैडा ११ थानाभर्याङ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको कभर्ड हलमा प्रतियाेगितका सबै खेलहरू संचालन हुने छन् । प्रतियोगितामा सहभागी भएका खेलाडीहरु मध्येबाट उत्कृष्ट ३० जना खेलाडीहरुलाई २ महिना सम्म निशुल्क प्रशिक्षण प्रदान गरिने छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments