Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeस्वास्थ्य र जीवनशैलीविश्वभर ९ करोड २६ लाख भन्दा बढी मानिस कोरना संक्रमणबाट मुक्त, धेरै...

विश्वभर ९ करोड २६ लाख भन्दा बढी मानिस कोरना संक्रमणबाट मुक्त, धेरै कोरोना संक्रमित १० रास्ट्र (तथ्यांक सहित)

काठमाडौँ, २०७७ फागुन २३ गते
विश्वो भर फैलिएको महामारी कोरोना भाइरसबाट संक्रमित भएर पनि आहिले संक्रमणमुक्त भई सकेकाहरुको संख्या विश्वोभरि ९ करोड २६ लाख ३१ हजार ७ सय ६४ पुगेको छ। विभिन्न निकायहरुले सार्वजनिक गएको जानकारीका अनुसार आजका दिन सम्म ११ करोड ७० लाख ५५ हजार ४ सयको हाराहारीमा मानिस संक्रमित भएका थिए जसमा २५ लाख ९८ हजार ८ सय ४८ जनाको (२३ फागुन २०७७, नेपाली समय विहानको ०५:५३, तथ्याङ्क जानकारी संकलन गरुन्जेल सम्मको) मृत्यु भैसकेको छ।

धेरै कोरोना संक्रमित १० रास्ट्र (२३ फागुन २०७७ विहानीसम्म )

१. संयुक्त राज्य अमेरिका
विश्वोकै शक्तिशाली राज्य मध्यको एक अमरिकामा हाल सम्म २,९६,५०,६७१ जना संक्रमित भैसकेका छन् जसमा ५,३६,९९९ को मृत्यु भैसकेको छ। हाल सम्म २,०२,६९,८७२ संक्रमण मुक्त भैसकेका छन् भने ८८,४३,८०० बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

२. भारत
छिमेकी रास्ट्र भारतमा पनि यसै गरि हाल सम्म १,१२,१०,५८० जना संक्रमित भैसकेका छन् जस मध्ये १,५७,७९१ को मृत्यु भैसकेको छ। हाल सम्म १,०८,६६,५३६ संक्रमण मुक्त भैसकेका छन् भने १,८६,२५३ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

३. ब्राजिल
दक्क्षिन अमेरिकाको ठुलो राष्ट्र ब्राजिलमा पनि हाल सम्म १,०९,३९,३२० जना संक्रमित भैसकेका छन् जस मध्ये २,६४,४४६ को मृत्यु भै सकेको छ। हाल सम्म ९७,०४,३५१ संक्रमण मुक्त भैसकेका छन् भने ९,७०,५२३ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

४. रसिया
यसै गरि रसियामा हाल सम्म ४३,१२,१८१ जना संक्रमित भैसकेका छन् जस मध्ये ८८,७२६ को मृत्यु भैसकेको छ। हाल सम्म ३९,००,३४८ संक्रमण मुक्त भैसकेका छन् भने ३,२३,१०७ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

५. युनाइटेड किंगडम (यु.के)
यसै गरि युनाइटेड किंगडम (यु. के)मा हाल सम्म ४२,१३,३४३ जना संक्रमित भैसकेका छन् जस मध्ये १,२४,४१९ को मृत्यु भैसकेको छ। हाल सम्म ३१,९९,५६५ संक्रमण मुक्त भैसकेका छन् भने ८,८९,३५९ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

६. फ्रान्स
यसै गरि फ्रान्समा हाल सम्म ३८,८२,४०८ जना संक्रमित भैसकेका छन् जस मध्ये ८८,४४४ को मृत्यु भैसकेको छ। हाल सम्म २,६४,९०९ संक्रमण मुक्त भैसकेका छन् भने ३५,२९,०५५ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

७ . स्पेन
यसै गरि स्पेनमा हाल सम्म ३१,४९,०१२ जना संक्रमित भैसकेका छन् जस मध्ये ७१,१३८ को मृत्यु भैसकेको छ। तर संक्रमण मुक्त र बिरामीहरूको संख्या (एक्टिभ केश) भने उपलब्द छैन ।

८. इटाली
यसै गरि इटालीमा हाल सम्म ३०,४६,७६२ जना संक्रमित भैसकेका छन् जस मध्ये ९९,५७८ को मृत्यु भैसकेको छ। हाल सम्म २४,८१,३७२ संक्रमण मुक्त भैसकेका छन् भने ४,६५,८१२ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

९. टर्की
यसै गरि टर्कीमा हाल सम्म २७,६९,२३० जना संक्रमित भैसकेका छन् जस मध्ये २८,९६५ को मृत्यु भैसकेको छ। हाल सम्म २६,१६,१३९ संक्रमण मुक्त भैसकेका छन् भने १,२४,१२६ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

१०. जर्मन
यसै गरि जर्मनमा हाल सम्म २५,०२,१२२ जना संक्रमित भैसकेका छन् जस मध्ये ७२,४७० को मृत्यु भैसकेको छ। हाल सम्म २२,९९,४०० संक्रमण मुक्त भैसकेका छन् भने १,३०,२५२ बिरामीहरूको संख्या (एक्टिभ केश) रहेको छ।

तथ्यांक श्रॊत : worldometers

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments