Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeरोजगारीलोकसेवाले विभिन्न जिल्लाका लागि माग्यो ४६८ कर्मचारी, कहिले सम्म दिने दरखास्त ?...

लोकसेवाले विभिन्न जिल्लाका लागि माग्यो ४६८ कर्मचारी, कहिले सम्म दिने दरखास्त ? (हेर्नुस जानकारी )

काठमाडौं, २०७७ माघ २९ गते
लोकसेवा आयोगले स्वास्थ्य सेवामा ४६८ सय कर्मचारीको माग गर्दै हिजो माग २८ गते विज्ञापन प्रकाशित गरेको छ । आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि कर्मचारीको माग गरेको हो । आयोगले निजामती सेवा तर्फ प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौंमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको उम्मेदवारहरूबाट दरखास्त दिन आह्वान गरेको छ । साथै, तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवदेन दिन सक्ने विज्ञापनमा उल्लेख गरेको छ ।

लोकसेवा आयोागले धनकुटा कार्यालयको लागि विभिन्न पदका लागि ७४ जना त्यस्तै, जलेश्वर कार्यालयमा ४२ जना, काठमाडौं कार्यालयमा १ सय ८३ जना, पोखरा कार्यालयमा ५९ जना, बुटवल कार्यालयमा ४९ जना, सुर्खेत कार्यालयका लागि ३५ जना र दिपायल कार्यालयमा २६ जना कर्मचारी माग गरेको छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । जसमा समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि २ सय रुपैयाँ बुझाउनु पर्नेछ । आयोगले हिजोको मिति देखि आगामी फागुन १८ गतेसम्म त्यस पश्चात दोब्बर दस्तुर तिरेर फागुन २५ गते सम्ममा दरखास्त दिने मिति तोकेको छ । साथै, आयोगले परिक्षाको किसिममा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने जनाएको छ । यस्तै, परीक्षाको केन्द्र विज्ञापनसँग सम्कन्धित आयोगका कार्यालयहरुमा तोकिएको छ । जसमा लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा हुने जनाएको छ । साथै, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गर्ने उल्लेख गरेको छ । विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments