Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeस्वास्थ्य र जीवनशैलीसकियो पहिलो चरणको कोभिड-१९ खोप अभियान, कतिले लगाए त खोप ?

सकियो पहिलो चरणको कोभिड-१९ खोप अभियान, कतिले लगाए त खोप ?

काठमाण्डौ, २०७७ माघ २५ गते
हाल नेपालमा भैरहेको कोभिड-१९ खोप अभियान अन्तर्गतको अन्तिम दिन माघ २४ गते बेलुकीको ६ बजे सम्म प्राप्त सुचनाको आधारमा नेपालको ७७ जिल्लामा रहेको कुल २०१ वटा खोप बुथहरुबाट कुल १,८४,८५७ जना व्यक्तिहरुले खोप लगाई सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनु भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश न १ मा २४,२२४ प्रदेश न २ मा २५,६३७ बागमती प्रदेशमा ६३,३०८ गण्डकी प्रदेशमा १८,४७२ लुम्बिनी प्रदेशमा २८,९४१ कर्णाली प्रदेशमा ९,४२० र सुदुरपश्चिम प्रदेशमा १४,८५५ जनाले खोप प्राप्त गरिसकेका छन।

अभियानलाई सफलतापुर्वक संचालन गर्नमा सहयोग गर्नु हुने सबै निकायहरु, खोप सेवा प्रदान गर्नु हुने स्वास्थ्यकर्मीहरु र अवाञ्छित घटनाहरुको अनुगमन तथा व्यवस्थापन गर्नु हुने विज्ञहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष धन्यवाद दिएको छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments