Saturday, October 16, 2021
spot_imgspot_imgspot_img
Homeजानकारीवायु प्रदूषण: स्वास्थ्यका लागि 'हानिकारक अवस्था'

वायु प्रदूषण: स्वास्थ्यका लागि ‘हानिकारक अवस्था’

काठमाडौं, २०७७ पौष २२ गते
पौष महिनाको उत्तरार्धमा सोमवार काठमाडौं उपत्यकाको धुम्मिएको थियो। मौसममा देखिएको परिवर्तन सँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको थियो। वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) अनुसार सोमवार राति विश्वका विभिन्न सहर मध्ये काठमाडौंमा वायु-प्रदूषण निकै धेरै देखिएको थियो। सोमवार साँझ ७ बजेको समयमा काठमाडौंको रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो।

सोमवार भन्दा मङ्गलवार एक्यूआईमा केही सुधार आए पनि हानिकारक अवस्था भने टरि सकेको छैन । वन तथा वातावरण मन्त्रालयको वेबसाइट अनुसार मङ्गलवार काठमाडौंको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा एक्यूआई ३०० भन्दा बढी नै देखिन्छ। वायु गुणस्तरको व्यवस्थापनका लागि भनेर सरकारले गत वर्ष माघमा काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो।

सोमवार देखि काठमाडौंमा वायु प्रदूषणको स्तर बढेको भन्दै सरकारले विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरूलाई सजग रहन भनेको छ।वातावरण विभागले प्रदूषणबाट दम र खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीहरू बढि प्रभावित हुने समेत जनाएको छ।उनीहरू प्रति लक्षित गर्दै त्यस्ता व्यक्तिहरू “घरबाहिर ननिस्कन” र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधान अपनाउन विभागले एक विज्ञप्ति मार्फत् आह्वान गरेको छ। सरकारी विज्ञप्तिमा काठमाडौंमा जस्तै तराई क्षेत्रका नेपालगन्ज र विराटनगरमा समेत प्रदूषणको मात्रा बढेको उल्लेख गरिएको छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments