Saturday, October 16, 2021
spot_imgspot_imgspot_img
Homeजानकारीवायु प्रदूषणको प्रभाव: सावधानी सम्बन्धमा स्वास्थ्य मन्त्रालयको सर्व-साधारणमा अपील

वायु प्रदूषणको प्रभाव: सावधानी सम्बन्धमा स्वास्थ्य मन्त्रालयको सर्व-साधारणमा अपील

काठमाडौँ, २०७७ पौष २२ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै केही दिनका लागि मर्निङ वाकमा समेत ननिस्कन अपील गरेको छ । मन्त्रालयले केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले श्वास-प्रश्वासमा कठिनाई लगायत विविध समस्या आउन सक्ने भन्दै सचेत गराएको हो । सकेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन मन्त्रालयको आग्रह छ ।

मन्त्रालयले घरमै व्यायाम गर्न, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन, अत्यावश्यक नपरेसम्म सवारीसाधन नचलाउन, कुनै पनि फोहोर जन्यलाई उचित व्यवस्थापन गर्न तथा धूलोधुवाँ उड्ने खालका पेसा व्यवसाय केही दिनका लागि स्थगित गर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

Advertisement

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments