Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeरोजगारीदक्षिण कोरियाले २०२१ मा ५२ हजार विदेशी कामदार रोजगारीका लिने : नेपालबाट...

दक्षिण कोरियाले २०२१ मा ५२ हजार विदेशी कामदार रोजगारीका लिने : नेपालबाट लैजाने कोटा भने निर्धारित छैन

काठमाडौं, १० पौष २०७७
कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बैठकले सन् २०२१ का लागि इपीएस अन्तर्गत लैजाने प्रवासी श्रमिकको ५२ हजार कोटा निर्धारण गरेको छ। यसर्थ दक्षिण कोरिया सरकारले आउदो २०२१ मा ५२ हजार विदेशी कामदार रोजगारीका लागि लैजाने भएको छ ।

५२ हजार विदेशी कामदार इपीएस भाषा प्रणालीमार्फत १६ देशको लागि छुट्याइएको हो। १६ देशहरुमा नेपाल, भियतनाम, फिलिपिन्स, थाईल्याण्ड, मंगोलिया, इन्डोनेसिया, श्रीलंका, चीन, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, म्यानमार, किर्गिजस्तान, बंगलादेश, पूर्वी तैमोर, लाओस हरु पर्दा छन्। २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८ सय जना, सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने/छान्नेमा) १ सय जना तोकिएको छ । यो कोटामध्ये ४० हजार कामदार नयाँ आउने छन् भने १२ हजार पुन: श्रमिक लगिने छ ।

सन् २०२१ का लागि छुट्याइएको विदेशी कामदारको संख्या सन् २०२० को तुलनामा ४ हजार कम हो । कोरोनाको कारण २०२० को कोटा मध्यको ३० हजार ९ सय ९ प्रवासी श्रमिक कोरिया आएका छैनन् । यो वर्षको अप्रिलसम्ममा २२ हजारका लागि रोजगार अनुमतिपत्र जारी गरिने जनाएको छ । नेपालबाट वार्षिक ५ हजारभन्दा धेरै इपीएस भाषा प्रणालीमार्फत कोरिया रोजगारीका लागि जाने गरेका छन् । सन् २०२१ मा नेपालबाट कति कामदार लैजाने भनेर कोटा निर्धारण भने गरिएको छैन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments