Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeटेक र ग्याजेटअन्तत: युट्युबको पार्टनर प्रोग्राममा नेपालपनि

अन्तत: युट्युबको पार्टनर प्रोग्राममा नेपालपनि

काठमाडौं, २०७७ पौष ०६ गते
युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने देशको सूचीमा राखेको छ । यसर्थ युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ । हाल सम्म युट्युबले आफ्नो पार्टनर प्रोग्राममा नेपाल सहित १ सय २१ देश राखेको छ ।

युट्युब मार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएता पनि पहिले पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । भिडियो सेयरिङ प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भए पनि मनिटाइज गर्दा भने युट्युबले नेपाललाई पहिचान नै नगरेको अवस्था थियो ।

नेपालीले अर्ट्रेलिया, अमेरिकाजस्ता अरु कुनै पार्टनर प्रोग्रामको सूचीमा रहेका देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो । सूचीमा नेपालको प्रवेश संगै अब कुनै पनि युट्युब भिडियो कन्टेन्ट निर्माताले मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गरेर नै आम्दानी गर्न सक्नेछन् । यसबाहेक युट्युबले सार्वजनिक गर्ने नयाँ सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि लागु हुनेछ ।

कम्तिमा एक सालको समयमा एक हजार सब्सक्राइबर र चार हजार घन्टा (वाच टाईम) भिडियो हेरिएको समय पुरा भएपछि मात्रै युट्युब च्यानललाई मनिटाइज गर्न सकिन्छ । हालको समयमा नेपाली युट्युबरहरुले युट्युमार्फत राम्रै कमाई गरिरहेको हामीले देख्न र सुन्न पाइने रहेका छौ। सुची हेर्नलाई यहाँ क्लिक गर्नुहोस

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments