Monday, June 21, 2021
spot_imgspot_imgspot_img
Homeejankari24 विशेषगाउँले परिवेशको प्रेम कथा सहित 'मै बनौला माली' युटुब मार्फत सार्वजनिक (भिडियो...

गाउँले परिवेशको प्रेम कथा सहित ‘मै बनौला माली’ युटुब मार्फत सार्वजनिक (भिडियो सहित)

देवीथान म्युजिकको अर्को कोसेली सोरुप ‘मै बनौला माली’ गितको म्युजिक भिडियो आधिकारिक युटुब च्यानल देवीथान म्युजिक मार्फत सार्वजनिक गरीएको छ। केदार उप्रेतीको शब्द रहेको यस गीतमा किरण गजमेरको स्वर रहेको छ भने संगीत राजन राज सिवाकोटीको रहेको छ । यस गितको संगीत समायोजन आमोस तामाङ्गले गरेका छन् जसमा रेकर्डिङ्गको सम्पूर्ण काम मनिष चाम्लिङ्गले गरेका हुन् ।

भिडियो तर्फ़ : मुकुन भुसाल र सुरबिना कार्कीको अभिनय रहेको यस म्युजिक भिडियो केदार उप्रेतीले निर्माण गरेका छन्। उक्त भिडियो निर्देशक राजेश पुमा राईको निर्देशनमा उत्सब दाहालले छायांकन गरेका छन्। यस म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने मेकअप तर्फ़ अनिता ग्वाछाले काम गरेका छन्। भिडियोको छायांकन काभ्रेको पनौती नगरपालिकाको रोशी गाउमा गरीएको छ।

यस भिडियोमा एक ठेट गाउले परिवेसमा रही दुई प्रेमी जोडीको प्रेम कथालाई चित्रण गर्दै नेपालको गाउँले परिवेशमा गरिने मेलापातको कहानीलाई पात्र मार्फत यस भिडियोमा चित्रण गर्न खोजेका छन् निर्देशक राई ले । सार्वजनिक भए पश्चा यस भिडियोले दर्शकको माया कतिको पाउने हो ? त्यो भने हेर्न बाकि नै छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments