Monday, June 21, 2021
spot_imgspot_imgspot_img
Homeमनोरञ्जन‘फुल बुट्टे सारी’ २ मिलियन क्लबमा (भिडियो सहित)

‘फुल बुट्टे सारी’ २ मिलियन क्लबमा (भिडियो सहित)

कोरोनाको महामारी बीच केहि साता अघि लक्ष्मी पुजाको अवसरमा कोसेली स्वरूप आधिकारिक युटुब च्यानल देबिथान म्युजिक द्वारा सार्वजनिक गरिएको ‘फुल बुट्टे सारी’ बोलको गित युटुब दर्शकहरु बीच निकैनै लोकप्रिय भै रहेको छ। यस गीतले हाल सम्म २ मिलियन भन्दा बढी दर्शकको माया पाई सकेको छ।

बिगतका दिनहरुमा सट भिडियो शेरिंग एप टिकटकमा यस गितको कभर निकै नै भाईरल भईरहेको थियो। १२ वर्ष आघि गायक/ रचनाकार तथा संगीतकार राजन राज सिवाकोटीको आफ्नै शब्द/संगीत रहेको यस गितमा मार्मिक लामाको स्वर रहेको थियो । उक्त १२ वर्ष आघिको गितमा केहि परिवर्तन गरि पुन: शृजना गरि युटुबमा भिडियो सहित सार्वजनिक गरिएको थियो। तथापि दर्शक तथा श्रोताहरुले १२ वर्ष आघिको गित जस्ताको तस्तै उही देबिथान म्युजिक युटुब च्यानलमा सुन्न पाउनु हुने छ।

भिडियो तर्फ़ : निर्देशक राजेश पुमा राई र सहायक निर्देशक राज दोङ्ग (आर.डि) को निर्देशनमा उत्सब दाहालले छायांकन गरेका छन्। सोना लिम्बु र आनन्द सिङ्ग दनुवारको अभिनय रहेको यस म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। मेकअप तर्फ़ सोस्तिका श्रेष्ठले काम गरेका छन्।

देबिथान म्युजिक का अनुसार यस गीतको महिला संस्करण यहि मंसिर २० गते सार्वजनिक हुदै छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments