Monday, June 21, 2021
spot_imgspot_imgspot_img
Homeejankari24 विशेष'फुल बुट्टे सारी' युटुबमा सार्वजनिक (भिडियो सहित)

‘फुल बुट्टे सारी’ युटुबमा सार्वजनिक (भिडियो सहित)

राजन भन्छन १२ बर्ष अगाडीको मेरो शब्द/सङ्गीतको फुल बुट्टे सारी

बिगतका केहिदिनहरुमा सट भिडियो शेरिंग एप टिकटकमा निकै नै भाईरल भई रहेको नेपाली गित ‘फुल बुट्टे सारी’ को आधिकारिक म्युजिक भिडियो युटुबमा देबिथान म्युजिक द्वारा सार्वजनिक गरिएको छ। लक्ष्मी पुजाको अवसरमा कोसेली स्वरूप देबिथान म्युजिकले उक्त गित दर्शकहरु बीच सार्वजनिक गरेको हो।

राजन राज सिवाकोटीको शब्द/संगीत रहेको यस गितमा मार्मिक लामाको स्वर रहेको छ। यस गितको संगीत समायोजन संजीव बराईलीले गरेका छन् भने रेकर्डिङ्ग को काम किरण / कमलले गरेका छन् ।

भिडियो तर्फ़ : निर्देशक राजेश पुमा राई र सहायक निर्देशक राज दोङ्ग (आर.डि) को निर्देशनमा उत्सब दाहालले छायांकन गरेका छन्। सोना लिम्बु र आनन्द सिङ्ग दनुवारको अभिनय रहेको यस म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। मेकअप तर्फ़ सोस्तिका श्रेष्ठले काम गरेका छन्।

देबिथान म्युजिकका अनुसार गीतको महिला संस्करण चाँडै उपलब्ध हुनेछ ।

गायक/संगीतकार एवं गीतकार राजन राज सिवाकोटीले गीतको लोकप्रियता साथै सार्वजनिक हुदै गर्दा आफ्नो सामाजी संजाल फेसबुक मार्फत खुसि साटेका छन् : “युटुब र टिकटकमा Oct र Nov अहिले युवाबर्गमा निकै भाईरल हुदै गरेको १२ बर्ष अगाडीको मेरो शब्द/सङ्गीतको #फुलबुटे सारी… गीत devithan music मा आज २ बजे आउदैछ।”

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments