Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeरोजगारीनेपाल प्रहरीमा रिक्त ३ सय ६० प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना...

नेपाल प्रहरीमा रिक्त ३ सय ६० प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आव्हान

२०७७ कात्तिक २१ गते
नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ सय ६० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये

पद संख्या
माली/बगैंचे९ जना
भान्छे२ सय ६१ जना
हजाम१० जना
सिलाई/बुनाई१५ जना
कुचिकार५० जना
खेलाडी१५ जना
जम्मा३६० जना

दरखास्त आव्हान गरिएको हो ।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बर ०१-४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments