Saturday, October 16, 2021
spot_imgspot_imgspot_img
Homeejankari24 विशेषभारतमा हिन्दू युवकसँग विवाह गर्न अस्वीकार गरेका कारण मुस्लिम युवती जिउँदै जलाइयो

भारतमा हिन्दू युवकसँग विवाह गर्न अस्वीकार गरेका कारण मुस्लिम युवती जिउँदै जलाइयो

पिडित युवती लगभग ७५ प्रतिशत जलेकी थीईन।

भारतको बिहारमा एउटी युवतीले हिन्दू युवकसँग विवाह गर्न अस्वीकार गरेपछि उनलाई जिउदै जलाईएको छ । उक्त घटना बिहार राज्यको वैशाली जिल्लामा भएको हो, जहाँ तीन हिन्दू पुरुषले २० वार्सिया गुलनाज फातिमा माथि मट्टितेल लगाई आगो लगाई दिएका थिए ।

मिडिया रिपोर्टका अनुसार सतीश कुमार राय नामको युवकले उनलाई महिनौं देखि विवाहका लागि दवाब दि रहेका थिए। पीडितले मृत्यु अघिको भिडियो बयानमा मुख्य आरोपी सतीश कुमार रायले उनलाई विवाहका लागि दवाब दि रहेका थिए, मुस्लिम भएको कारणले उनीले स्पष्ट रुपमा इन्कार गरेका थिए।

घर बाहिर फोहोर फाल्न गएको अवस्थामा, ती युवती माथि घटना भएको थियो । पीडितका अनुसार मुख्य आरोपिका बुवा सहितका तिन जना व्यक्तिले घिस्याए र आगो लगाई दिएका थिए। पिडित युवती लगभग ७५ प्रतिशत जलेकी थीईन।

पीडित परिवार पक्षले सतीश कुमार राय र दुई अन्यलाई यस जघन्य अपराधमा संलग्न रहेको आरोप लगाएका छन् । पीडित महिलालाई घटना पश्चातअस्पतालमा भर्ना गरिएको थियो, जहा ७५ प्रतिशत जलेको कारण १५ नोभेम्बरका दिन उनको मृत्यु भयो।

अस्पतालको खाटबाट पीडितको नाम लिईएको एक भिडियो सोशल मिडियामा भाइरल भई रहेको छ। पीडितले प्रहरीलाई दिएको आफ्नो भिडियो बयानमा पीडित महिलाले भनेकी थीईन, “म साँझ ६ बजे बाहिर फोहोर फ्याँक्दै थिएँ तब सतीश रायले मलाई मट्टितेल खन्याएर मलाई आगो लगाई लगाइदिए।”

घटना भएको दुई हप्ता बितिसकेको छ तर भिडियो कथनको बावजुद कुनै पनि आरोपी प्रक्राउ भने हुन सकेको छैन । घटनामा प्रहरीको असक्रियताको कारण पीडित परिवारले पीडितको लास सडकमा राखेर विरोध प्रदर्शन गरिरहेका छन् । परिवारले यस मुद्दामा तीनै जनालाई पक्राउ गर्न माग गरिरहेको छ ।

वैशाली जिल्ला प्रहरी उपरीक्षक गौरव मंगलाले आरोपितहरू फरार रहेको र पक्राउ गर्न तीन प्रहरी टोली गठन गरेको जानकारी दिएका छन् ।

“मुद्दाको अनुसन्धान भैरहेको छ र आरोपितहरुलाई छिट्टै पक्राउ गरिने छ,” प्रहरी उपरीक्षक गौरव मंगलाले बताएका छन् ।

स्थानीय प्रहरी कार्यालयका प्रमुखलाई उक्त मुद्धामा लापरवाही गरेको कारण निलम्बित गरिएको छ।

सोशल मीडियामा मोदी सरकारको आलोचना गर्दै प्रयोगकर्ताहरूले #JusticeForGulnaz, #GulnazKoWapasDo अभियान चलाई रहेका छन । केही व्यक्तिका अनुसार आरोपी प्रभावशाली परिवारका भएकाले प्रहरी द्वारा कारबाही गर्न अनिच्छुक रहेको बताईएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments