Friday, September 17, 2021
spot_imgspot_imgspot_img
Homeरोजगारीनेपाल सरकार गृह मन्त्रालयले माग्यो १०० जना कर्मचारी (सूचनासहित)

नेपाल सरकार गृह मन्त्रालयले माग्यो १०० जना कर्मचारी (सूचनासहित)

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको छ ।

दरखास्त दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक साथै शैक्षिक योग्यता ‘प्लस टु’ पास गरेको हुनुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ । आवेदन दिन पैसा लाग्दैन । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ । बिज्ञापनको अनुसार काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_imgspot_imgspot_img
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

spot_img

Recent Comments